प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडाैं | साउन ८, २०८१

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताउनुभएको छ । 

    
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताउनुभयो । 


उहाँले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले  खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताउनुभयो ।  


प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत ...

थप पढ्नुहोस्

रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

थप पढ्नुहोस्

मनाङ:  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।  नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशन...

थप पढ्नुहोस्